जिल्ला स्तरीय ट्रफी युथ एकेडेमीको पोल्टामा

Published on: 2017, Oct 20 ,8:00 PM

३० कार्तिक २०७२ राजबिराज । सप्तरी सुपर किंगस, लायन्स एकेडेमी र योग ११ बरहि बिरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद बिकास समितीको सहकार्यमा आयोजित ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगतको सोमवार सम्पन्न अन्तिम तथा फाईनल खेलमा युथ एकेडेमी राजबिराजले सबल नेपाललाई रोमान्चक खेलमा ७ रनले पराजित गर्दै ट्रफी माथी आफनो कब्जा गरेको छ ।

 
युथ एकेडेमीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा १ सय ३१ रनको योगफल तयार पारेका थिए । युथ एकेडेमीका लागि अमित यादवले ३२, जय चौधरी १८, जय चौधरी १८, बिवेक यादव १५ तथा जय चौधरीले १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ सबल नेपालका पुष्पेन्द्र झा र शैलेन्द्र मण्डलले सामान २ बिकेट तथा बिजय मण्डल र बिकास दासले सामान १ बिकेट लिएका थिए ।

 
१ सय ३२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सबल नेपालले २० ओभरमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय २४ रनमात्र बनाउन सकेपछि हार ब्योहोरेको थियो । सबलका लागि अविनाश कर्णले ४६ बलमा ८ चौक्काको मद्धतले ५८ रन तथा डिकराज परियार र बिजय मण्डलले क्रमश ः २० र १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ युथ एकेडेमीका जय चौधरीले ३ तथा जितेन्द्र यादव र बिवेक यादवले सामान १ बिकेट र अशन जमलले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच युथ एकेडेमीका जितेन्द्र यादव घोषित भएका थिए ।
 
प्रतियोगिता अन्र्तगत प्रभावशाली प्रर्दशन गरे वापत युथ एकेडेमीका अशन जमललाई प्रतिभावान खेलाडिको रुपमा सम्मान गरियो भने । उत्कृष्ट बौलर सबल नेपालका बिकास दास, उत्कृष्ट ब्याट्स्म्यान युथ एकेडेमीका जय चौधरी तथा प्रतियोगिताका उत्कृष्ट खेलाडि योंग ११ बरहि बिरपुरका उपेन्द्र राय घोषित भएका थिए ।
 
बिजेता तथा उपबिजेता खेलाडि र ब्याक्तिगत पुरस्कार प्राप्त खेलाडिलाई प्रमुख अतिथी जिल्ला खेलकुद बिकास समितिका प्रमुख लक्ष्मण मण्डल, ड्रिम नेपालका सम्पादक सन्तोष चौधरी, राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक दिपेन्द्र चौधरी, सप्तरी क्रिकेट संघका सदस्य आयुश श्रेष्ट लगायतले प्रमाण पत्र तथा ट्रफी बितरण गर्नु भएको थियो । आयोजक समितिका संयोजक तिर्थ नारायण रायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन समितिका सदस्य रवी रायले गर्नु भएको थियो ।
 
 

 

फेसबुक मा क्रिकेटको सम्पूर्ण जानकारी पाउन को लागि यहाँ क्लिक गरौ | ट्वीटरमा हामी लाई फलो गर्न यहाँ क्लिक गरौ |

प्रतिक्रिया पठाउनुहेास्
नाम
ईमेल (गोप्य राखिनेछ)
ठेगाना
प्रतिक्रिया
     

क्रिकेट बोली

  • लर्ड्समा खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर हो। ब्याटिङ गर्न पनि चाहन्थें, त्यो अवसर पाइनँ। तर लर्ड्समा खेल्ने मेरो सपना पूरा भइसकेको थियो। यहाँ जति पनि दर्शक आउनुभएको थियो उहाँहरूले खेललाई अझ अविस्मरणीय बनाउनुभयो। यस्तो ऐतिहासिक दिनमा आफ्नै दर्शकका अगाडि खेल्न पाउनु अझ विशेष थियो।

    शक्ति गौचन

  • लर्ड्सको नाम नै काफी छ। नेपाल जस्तो राष्ट्रबाट यहाँ आएर क्रिकेट खेल्नु भनेको कल्पना गर्न नसकिने विषय हो। गत वर्ष पनि हामी यहाँ अभ्यासका लागि आएका थियौं र बाहिरबाट फोटो खिचेर जाँदा दंग परेका थियौं। अहिले खेल्न पाएका छौं, जुन अविश्वसनीय क्षण हो हाम्रा लागि।

    ज्ञानेन्द्र मल्ल

  • बच्चैदेखिको सपना हो लर्ड्समा खेल्ने, तर कहिले खेलिन्छ भन्ने केही थाहा थिएन। लर्ड्समा खेल्न पाउनुलाई निकै भाग्यमानी सम्झन्छु। लर्ड्समा खेल्ने भनेर पछिल्लो दुई दिनदेखि मलाई छटपटी भएको थियो। निन्द्रा पनि राम्रो लागेको थिएन। चाँडै आउट भएँ, यो खेलको हिस्सा हो। शतक बनाउने सपना देखेको थिएँ, थाहा छैन यो पनि कुनै दिन पूरा नहोला भन्न सकिन्न।

    अनिल मण्डल

  • खेल जित्नु आफ्नो ठाउँमा छ तर लर्ड्सको खेल संस्कार हेरेर हामीले धेरै सिकेका छौं। दुई दिनअघिमात्र हामी इंग्ल्यान्ड र पाकिस्तानबीच यस मैदानमा भएको टेस्ट हेरिरहेका थियौं, त्यसलाई यथार्थमा बदल्दै हामी आफैंले खेल्यौं। म यसको वर्णन गर्न सक्दिनँ।

    शरद भेषावकर

  • प्रशिक्षक पुबुदु दासानायकेले सन्दिप लामिछानेलाई चितवनको क्याम्पा चौरको नेटबाट टिपेर नेसनल टिमको क्याम्पमा सिधै लयाएको ६ महिना पनि भाको छैन । 

    बिनोद पाण्डे

  • क्रिकेटको ऐतिहासिक महत्व बोकेको लर्ड्स क्रिकेट मैदानमा नेपालले जीत हासिल गरेको छ। नेपाली क्रिकेट तिमलाई हार्दिक बधाई । 

    कबिराम मगर

  • हामीले विश्व क्रिकेटको उदगम स्थलमा आएर खेली इतिहास रचेका छौं, यही प्लेट फर्ममा आएर विश्वलाई एउटा सन्देश दिन सकेका छौं एतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाल जस्तो राष्ट्रले सँधैं खेल्न पाउने होइन । हामीले जुन अवसर पाएको थियौं, त्यसमा आफुलाई प्रमाणित गरेका छौं ।’ 

    पारस खड्का

  • क्रिकेटको ऐतिहासिक महत्व बोकेको लर्ड्स क्रिकेट मैदानमा नेपालले जीत हासिल गरेको छ | नेपाली क्रिकेटमा आजको दिन सदा विशेष रहनेछ ।

    आनुराग आचार्य

  • क्यान भन्नु नै हामी हो र हामी भन्नु नै क्यान हो, तर क्यानकै यस्तो हालत भएपछि हामीलाई मनोवैज्ञानिक असर पनि गरेको छ। मैदानमा बल ब्याटको पनि समस्या हुन्छ, हामी अन्यौलमा छौं, कोसँग कुरा गर्ने के गर्ने केही थाहा छैन ।

    ज्ञानेन्द्र मल्ल

  • हामीले आफ्नो मिस्टेकले हारेको जस्तो लाग्छ । सबैभन्दा ठूलो म आफ्नो गल्ती मान्छु । उनीहरूले २ सय प्लस बनाएका थिए । तर हाम्रो स्टार्ट राम्रो थियो ।   

    कप्तान राजु

  • नेपालले एक गोलले पछि परेको अवस्थामा जसरी कमब्याक गर्‍यो र भारतलाई उसकै घरेलु मैदानमा हरायो । यो अविश्वसनीय छ ।

    पारस खड्का

  • राजु रिजाल मात्रै हैन सुशील कंडेल र सन्दिप लामिछाने भन्दा सप्पै ओभर १९ छन् जस्तो लाग्छ तर यो समस्या नेपालको मात्र हैन भारतका नि उस्तै हुन् ।

    संयोग'राज शर्मा

  • सन्दिप लामिछानेको ऐतिहासिक यु-१९ विश्वकपमा प्राप्त ह्याट्रिक र आयरल्यान्ड जस्तो सशक्त टीमविरुद्ध ८ विकेटको जीत हासिल गरी क्वाटर फाइनलको यात्रा तय गर्न सफल यु-१९ टीमलाई फेरि पनि बधाई !

    गगन थापा

  • बंगलादेशमा जारी यू-१९ विश्वकपमा नेपालले दोस्रो जित हासिल गरेकाे अवसरमा सम्पूर्ण नेपाली क्रिकेट टोलीमा हार्दिक बधाई !

    प्रचन्ड

  •  नेताले रुवाएको बेला तपाईं भाइ हरु ले आँसु पुछ्ने र चेहेरामा केही छिन्को लागि भय पनि मुस्कान ल्याइदिनु भयकिन मा धन्यबाद।

    लक्ष्मण खरेल शर्मा

  • १ खेल अगाडि नै दोस्रो चरणमा पुगियो । बधाई छ सम्पुर्ण क्रिकेट फ्यानहरुलाई । अब भारतलाई हराउन सके चै बिश्वकप जिते भन्दा दोब्बर खुसि मिल्ने थियो ।

    सन्जिप कार्की

  • टी–२० छनोटको असफलतापछि नेपाल आइसिसी वल्र्ड लिग च्याम्पियनसिपमा केन्द्रित हुनुपर्छ । नेपाल क्रिकेट विकासमा वल्र्ड क्रिकेट लिग धेरै महत्त्वपूर्ण छ । नेपालले एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट हुने लक्ष्य राखेको छ ।

    ज्ञानेन्द्र मल्ल

  •   आजभोलि नेपाली क्रिकेट ले लगातार हार्नथाल्यो जनताहरू तेरो,मेरो प्रदेश भन्दै बाजिराछन् फेरि क्रिकेटले जित्न थाल्छ सबैनेपालि फेरि एक हुनेछन् ।

    प्रेम कार्की

  • अस्ट्रेलियन टिमको जस्तो बिजेती क्रिकेट त नेपाली टिमले पनि विश्वका सबै बलिया टिमसँग खेल्नसक्छ होला है ?? कुरो नि । हाहा ।

    बरिस्ठहरुको'बरिष्ठ'

  • हारेपनि जितेपनि मन त नेपाली नै हो, मेरो डिमान्ड भयो त भयो ;-) ड्याडले बूटवलबाट #क्रिकेट जर्सि पठाईदिन लागेको शुभ समाचार प्राप्त भो  ।

    लुरि दिदि

   

भोटिंग पोल

क्रिकेटमा राज्यको लगानी प्रयाप्त छ ??
छैन
ठिकै छ
लगानी बढाउनु पर्छ
Loading...