अलजजिरा टेलिभिजनको खुलासा !! क्रिकेटमा यसरी हुन्छ ‘म्याच फिक्सिङ’ ( भिडियो सहित )

MeroCricket
प्रकाशित मिति : May 30, 2018

काठमाडौं, १४ जेठ । श्रीलंकन क्रिकेट बोर्डले म्याच फिक्सिङ प्रकरणका आरोपी खेलाडी तथा क्युरेटरलाई बर्खास्त गरेको छ । अलजजिरा टेलिभिजनले सार्वजनिक गरेको डकुमेन्ट्रीमा उच्चस्तरीय अन्तर्राष्ट्रिय खेलको म्याच फिक्सिङमा संलग्न रहेको आरोप लागेका खेलाडी तथा क्युरेटरलाई बर्खास्त गरेको बोर्डले जनाएको छ ।

म्याच फिक्सिङ भएको भनिएको श्रीलंकाको गल्ली क्रिकेट स्टेडियम उनीहरु स्वयम्ले यसअघि श्रीलंकाको गल्ली क्रिकेट स्टेडियममा दुईवटा खेलहरु फिक्सिङमा सहयोग पुर्याउनुका साथै आगामी नोभेम्बरका लागि तय गरिएको इङ्ल्याण्ड र श्रीलंकाबीचको खेलमा फिक्सिङ गर्ने योजना बनाएको डकुमेन्ट्रीमा बताएका थिए ।

बर्खास्त पर्नेहरुमा श्रीलंकन पूर्व खेलाडी थारिन्दु मेन्डिस र क्यरेटर (पीच बनाउने मानिस) थरंगा इन्डिका रहेका छन् । उनीहरुले फिक्सरहरुको आवश्यकता अनुसार पीच निर्माण गर्दै नजिता प्रभाव पार्दै आएका थिए । अलजजिरा टेलिभिजनले गरेको खुलासाको भिडियो हेर्नुस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook