यो आइपिएलमा बाउण्ड्रीबाट मात्र बने ११८४० रन, यी हुन् यस वर्षका १९ रोचक तथ्य

MeroCricket
प्रकाशित मिति : May 29, 2018

काठमाडौं। टी–२० क्रिकेटको अत्याधिक रोचक प्रतियोगिता आइपिएलको ११ औं सिजन सकिएको छ । चेन्नइ सुपरकिंग्स र सनराइजर्स हैदराबादको बीचमा मुम्बइको वानखेडे स्टेडियममा हिजो राती भएको खेलमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नइ यस वर्षको च्याम्पियन भएको छ ।

यस वर्षको आइपिएलमा कूल १९ हजार ९०१ रन बने र ७२० विकेट खसे । यो सिजनमा कूल ८७२ छक्का प्रहार भए । यति धेरै छक्का आइपिएलको यसअघिका १० संस्करणमा कुनै पनि सिजनमा प्रहार भएका थिएनन् । आउनुहोस यस वर्षको आइपिएलका केही रोचक तथ्यहरु जानौं ।

१. कूल रनः १९ हजार ९०१

२. चौका छक्काबाट रनः ११ हजार ८४०

३. कूल विकेटः ७२०

४. कूल छक्काः ८७२

५. कूल शतकः ५

६. कूल अर्धशतकः १०१

७. कूल डट बलः ४ हजार ७५४

८. सबैभन्दा उच्च स्कोरः १२८ नटआउट (ऋषभ पन्त, दिल्ली डेयरडेभिल्स)

९. उच्चतम स्ट्राइक रेटः १९६.८७ (कृष्णप्पा गौतक, राजस्थान रोयल्स)

१०. सबैभन्दा तीव्र गतिको बलः १५२ ३९ किमि प्रतिघण्टा (जोफ्रा आर्चर, राजस्थान रोयल्स)

११. सबैभन्दा लामो छक्काः १११ मिटर (एबी डिभिलियर्स, रोयल च्यालेन्जर्स बैंगलोर)

१२. सबैभन्दा धेरै छक्काः ३७ (ऋषभ पन्त, दिल्ली डेयरडेभिल्स)

१३. सबैभन्दा छिटो शतकः ५१ बल (शेन वाटसन, चेन्नइ सुपरकिंग्स)

१४. सबैभन्दा छिटो अर्धशतकः १४ बल (लोकेश राहुल, किंग्स ११ पंजाब)

१५. पहिले ब्याटिङ गरेर सबैभन्दा ठूलो जीतः १०२ रन, मुम्बइ इण्डियन्स (कोलकाता नाइटराइडर्सविरुद्ध)

१६. पहिले बलिङ गरेर सबैभन्दा ठूलो जीतः १० विकेट, रोयल च्यालेन्जर्स बैंगलोर (किंग्स ११ पंजाबविरुद्ध)

१७. सबैभन्दा धेरै रनः ७३५ (केन विलियमसन, सनराइजर्स हैदराबाद)

१८. सबैभन्दा धेरै विकेटः २४ (एन्ड्रयु टाइ, किंग्स ११ पंजाब)

१९. उत्कृष्ट बलिङ इनिङः १४ रन दिएर ५ विकेट (अंकित राजपुत, किंग्स ११ पंजाब)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook