टी–२० क्रिकेटमा यी ब्याट्सम्यानको तुफानी दोहोरो शतक, ७१ बलमै २१४ रन बनाएर रचे इतिहास

MeroCricket
प्रकाशित मिति : May 29, 2018

एजेन्सी। पछिल्लो समय टी–२० क्रिकेट जति लोकप्रिय हुँदै गएको छ उत्तिकै नयाँ रेकर्डहरु पनि बनेका छन् । आइपिएलको ज्वरो साम्य हुन नपाउँदै एक अफगानी क्रिकेटरले टी–२० क्रिकेटको इतिहासमा तुफान ल्याएका छन् । उनले टी–२० क्रिकेटमै दाहोरो शतक प्रहार गरेर इतिहास रचे ।

अफगानिस्तानको राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान शफिकुल्लाह शफकले देशको घरेलु टी–२० लिगमा दोहोरो शतक बनाएका हुन् । खतीज क्रिकेट एकेडेमीको तर्फबाट खेल्दै उनले मात्रै ७१ बल खेल्दै दोहोरो शतक बनाएका हुन् । यस क्रममा उनले १६ चौका र २१ छक्का प्रहार गरे ।

यस क्रममा उनलाई अर्को इन्डबाट ब्याटिङ गरिरहेका ब्याट्सम्यान वहीदुल्लाह शफाकले पनि राम्रो साथ थिए । वहीदुल्लाहले पनि ३१ बलमा ८१ रन बनाए । २० ओभरमा उनीहरुले विपक्षी टिमलाई ३५२ रनको विशाल लक्ष्य दिए । विपक्षी टिम काबुल स्टार क्रिकेट क्लव भने विशाल लक्ष्य पिछा गर्ने क्रममा १०७ रनमै अलआउट भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook