अाईपिएल जित्नेले पायो लगभग कोहलीले अाईपिएल खेले पाबत पाए जति मात्र…

MeroCricket
प्रकाशित मिति : May 28, 2018

मुम्बई : आइतबार राति भएको आइपिएलको उपाधि भिडन्तमा सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित हात पार्दै चेन्नई तेस्रो पटक आइपिएल च्याम्पियन बन्यो। चेन्नईले ६ वर्षपछि पहिलो पटक आइपिएलको उपाधि जितेको हो।

उपाधिसँगै चेन्नईले २० करोड भारु (३२ करोड रुपैयाँ) नगद रुपैयाँ जितेको छ। उपविजेतामा चित्त बुझाएको हैदरावादले साढे १२ करोड भारु हात पार्यो। बिराट कोहलीले यो अाईपिएल खेले बापत १६ करोड पाएका थिए । यसैगरी सर्वाधिक विकेट लिने, सर्वाधिक रन बनाउने, इमर्जिङ प्लेयर, स्टाइलिस लगायतका अवार्ड जित्नेले जनही १० लाख भारु हात पारे।

कसले कुन अवार्ड पायो

विजेता- चेन्नई सुपर किङ्स- ४१ करोड २८ लाख रूपैयाँ

उपविजेता- सनराइज हैदारावाद- २० करोड ६४ लाख रूपैयाँ

तेस्रो- कोलकोत्ता नाइट राइडर्स- १० करोड २४ लाख रूपैयाँ

चौथो- राजस्थान रोयल्स- १० करोड २४ लाख रूपैयाँ

ओरेन्ज क्याप- काने विलियम्सन (७३५ रन)- १६ लाख रूपैयाँ

पर्पल क्याप- एन्ड्रु टाय (२४ विकेट)- १६ लाख रूपैयाँ

सर्वाधिक छक्का- रिसब पन्त (३७)- १ लाख ६० हजार रूपैयाँ

इमर्जिङ प्लेयर- रिसब पन्त १६ लाख रूपैयाँ

उत्कृष्ट क्याच- ट्रेन्ट बोल्ट- १६ लाख रूपैयाँ

भ्यालुएवल प्लेयर- सुनिल नाराने-१६ लाख रूपैयाँ

आइपिएल फेयर प्ले अवार्ड- मुम्बई इन्डियन्स- १० लाख रूपैयाँ

प्लेयर अफ दी टुर्नामेन्ट- सुनिल नाराने-

सर्वाधिक रन- काने विलियम्स

सर्वाधिक रन – रिसब पन्त (१२८)

स्टाइलिस प्लेयर अफ द सिजन- रिसब पन्त- १ लाख ६० हजार रूपैयाँ

सर्वाधिक डट बलिङ रासिद खान (१५८)-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook