सन्दिपको टिमका खेलाडी बने ईमर्जिङ प्लेयर ! कसले जित्यो कार तथा अन्य पुरस्कार ? हेर्नुस्

MeroCricket
प्रकाशित मिति : May 28, 2018

काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । गएराति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधि उचालेको हो ।

जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ८२ रन जोड्यो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।

५७ बल खेलेका वाट्सनले ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रन जोडेका हुन् । उनलाई दरिलो साथ दिएका रैनाले २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । उसका लागि केन विलियाम्सनले ४७ रन जोड्दा युसुफ पठानले ४५ रन तथा शिखर धवनले २६ रन जोडेका थिए ।

गएरातिको जितसँगै चेन्नाईले आईपीएल उपाधिमा ह्याट्रिक गरेको छ । म्याच फिक्सिङ र खेल भावना विपरित क्रियाकलाप गरेको आरोपमा टोली निलम्बनमा पुर्नअघि उसले दुई उपाधि जितेको थियो ।

यो सिजन उपाधि जित्दै चेन्नाईले आईपीएल क्रिकेटमा आफू सबैभन्दा बलियो टोली भएको प्रमाण दिएको छ । चेन्नाईसँगको हारले हैदरावादको भने दोस्रो उपाधि जित्ने अभियान अपुरै भएको छ ।

अवार्ड विजेताहरु

चेन्नाई: विजेता (२० करोड भारु)
उपविजेता: हैदरावाद (१२.५ करोड)
सर्वाधिक रन: केन विलियम्सन -७३५ रन (अरेन्ज क्याप) -१० लाख भारु
सर्वाधिक विकेट: आन्द्रे त्ये -२४ विकेट (पर्पल क्याप) -१० लाख भारु
इमर्जिङ प्लेअर: रिसव पन्त (१० लाख भारु)
फेयर प्ले: मुम्बई इन्डियन
मोस्ट भ्यालुयवल प्लेअर: सुनील नारिन (१० लाख भारु)
भिभो पर्फेक्ट क्याच अफ दि सिजन : ट्रेन्ट बोल्ट (१० लाख भारु)
टाटा नेक्सन सुपर स्ट्राइकर अवार्ड: सुनील नारिन (टाटा नेक्सन कार)
एफबीबी स्टाइलिस प्लेअर अफ दि इअर :रिसव पन्त (१० लाख भारु)
स्टार प्लस नयी सोत अवार्ड : महेन्द्रसिंह धोनी (१० लाख भारु)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook