आइपिएलमा २० लाखमा अनुबन्धित सन्दीपको अबको मुल्य करोड बढी ! ( भिडियो सहित )

MeroCricket
प्रकाशित मिति : May 27, 2018

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् । आफ्नो पहिलो सिजनबाटै राम्रो छाप छोड्न सफल सन्दीप अब भने महंगा खेलाडीमा परेका छन् ।

पहिलो सिजनको लागि दिल्ली डेयर डेभिल्सबाट २० लाखमा अनुबन्धित भएका सन्दीपले अर्को सिजनको आईपीए टिकट पक्का गरेका छन् । दिल्लीको आफ्नो यात्रा सकेर सन्दीप आज स्वदेश फर्किएका छन् ।

अब केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन् । साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ । यो सिजनको लागि २० लाख भारुमा अनुबन्ध गर्दा चर्चित भएका सन्दीप अर्को सिजनमा एक करोड सम्ममा बोली लाग्ने विश्वास गरिएको छ ।

समयमै चिन्न नसकेको दिल्लीले सन्दीपसँग आगामी सिजनमा पनि भेट तथा सहकार्य भन्दै विदाई गरेको छ । दिल्लीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन्दीपको आगामी दिन पनि दिल्लीबाटै खेल्ने आशा गरेको बताएका छन् ।

उनीजस्ता खेलाडीहरू खेलेको हेर्नु राम्रो हो । हामीसँग केही प्रतीभावान युवा छन् सन्दीप तीमध्ये एक हुन् पोन्टिङले भने । हामीहरू उनको लामो र सफल आइपिएल करियरको प्रतीक्षामा छौं । उनले सारा करियर दिल्लीबाटै खेल्ने आशा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook