घरेलु मैदानमा भुटानसँग नेपालको लज्जास्पद हार

MeroCricket
प्रकाशित मिति : September 23, 2019

काठमाडौं । नेपालले काठमाडौंमा जारी १८ वर्ष मुनिको तेस्रो संस्करणको साफ च्याम्पियनसिप फुटबलमा खराव प्रदर्शन गरेको छ ।

नेपाल कमजोर आँकिएको भुटानसंग ३-० ले पराजित भएको हो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा नेपालले गोल गर्ने केही प्रयास भने खेर फालेको थियो । पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको नेपाल सेमिफाइनलबाट लगभग बाहिरिने पक्का भएको छ ।

दुई पटकको च्याम्पियन नेपाल अब माल्दिभ्सविरुद्धको खेलमा भुटानले तीन भन्दा बढी गोलको अन्तरले जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा नेपालको समूहमा नेपाल, भुटान र माल्दिभ्स रहेका छन् । अर्को समूहमा भारत, बंगलबादेश र श्रीलंका रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook