ईपीएलमा भैरहवाको प्रशिक्षकमा पुबुदु

MeroCricket
प्रकाशित मिति : September 4, 2019

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके एभरेस्ट प्रिमियर लिग(ईपीएल) को भैरहवा ग्ल्याडियटर्ससँग अनुबन्धित भएका छन् । लामो समय नेपाली राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गरेका पुबुदुले भैरहवा क्लब सम्हाल्ने भएका हुन् । नेपाली खेलाडीको स्तर बुझेका पुबुदुको नियुक्तिसँगै टोलीका कप्तान शरद भेषावाकरले खुसी व्यक्त गरेका छन् ।

भैरहवा पछिल्लो दुवै सिजन फाइनलमा पराजित भएको थियो । यसपटक उपाधि जित्ने लक्ष्यका साथ भैरहवाले तयारी गरेको छ । जसका कारण उत्कृष्ट प्रशिक्षकको नियुक्ति गरेको बताइएको छ । कप्तान शरदले पुबुदुको आगमनसँगै उपाधि जित्ने आशा पलाएको बताए । पुबुदुको नियुक्ति नेपाली क्रिकेटले नयाँ तरङ ल्याएको थियो । उनले नेपाली क्रिकेटमा महŒवपूर्ण योगदान गरेका छन् । ‘मजस्ता निकै खेलाडीको करिअर बदलेका व्यक्तित्व हाम्रो साथ हुनेछन् । अब हामीलाई ट्रफी जित्नबाट कसैले रोक्न सक्दैन,’ उनले थपे ।

भैरहवाले जारी गरेको विज्ञप्तिमा पुबुदुले आफू भैरहवासँग जोडिन पाएकोमा उत्साहित भएको बताए । ‘नेपाल सधंै मेरो मुटु नजिक छ । नेपाली क्रिकेटलाई पुनः हेर्ने मौका दिएकोमा धन्यवाद † मैले नेपाली क्रिकेटलाई आफ्नो स्थानबाट सक्दो प्रयास गर्नेछु,’ उनले भनेका छन् ।

पुबुदुको आगमनले फ्रेन्चाइज लिग मात्र नभएर सम्पूर्ण नेपाली क्रिकेटलाई योगदान पुग्ने भैरहवाका मालिक आदित्य सांघाईको विश्वास गरेका छन् ।’ पुबुदुलाई नेपाली क्रिकेटको लेजेन्डलाई टोलीमा समावेश गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौं । उनको आगमनले युवा प्रतिभाको पहिचान हुँदै राष्ट्रिय टोलीमा सहयोग पुग्नेछ’, सांघाईले भनेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook