ओमानमा हुने टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

MeroCricket
प्रकाशित मिति : September 3, 2019

काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।

ओमनले प्रतियोगिताको तयारी नेपालले टी-२० विश्वकपको एसियाली छनोट खेल्नु अघि नै गरेको थियो। नेपाल ग्लोबल छनोटमा पुग्न नसकेपछि खेल्ने या नखेल्ने एकीन भएको थिएन। तर आईसीसीले नेपाललाई सहभागी हुने अनुमति दिएसँगै नेपालले महत्वपूर्ण सिरिज खेल्न पाउने भएको हो।

नेपालले आफ्नो पहिलो खेल असोज १९ मा हङकङसँग खेल्नेछ। दोस्रो खेल असोज २० मा नेदरल्याण्ड्ससँग, तेस्रो खेल असोज २२ मा आयरल्याण्डसँग र चौथो खेल असोज २३ मा ओमनसँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook