यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमाका लागि भारतसँग खेल्ने

MeroCricket
प्रकाशित मिति : August 29, 2019

काठमाडौं : नेपाल पाँचौं साफ यू–१५ च्याम्प्यिनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालले बिहिबार भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा प्रदिप लम्सालले दुई गोल गरे । अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक एक गोल गरेका थिए ।

तुलनात्मक रुपमा कमजोर टोली भुटानने नेपालको पोस्ट्मा गोल गर्न लायक अवसर बनाउन सकेन । यसअघि पाँच टोली सम्मिलित लिग चरणको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० र तेस्रो खेलमा साविक विजेता बंगलादेशलाई ४–१ गोलले हराएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook