रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

MeroCricket
प्रकाशित मिति : August 29, 2019


काठमाडौं । पाँच पटकका च्याम्पियन रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई ३–१ एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए ।

स्विस खेलाडी फेडररले दामीरलाई ३–६, ६–२, ६–३, र ६–४ को सेटमा हराए ।त्यसो त उनले दामीरको पहिलो सेटको अग्रलाई उल्ट्याएका थिए । उनले पहिलो सेटमा १७ अनफोर्स इरोर गर्दै तीन छ ले गुमाए ।

तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका उनले ६–२, ६–३ र ६–४ ले जित्न सफल भए ।उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीविचको विजेतासँग खेल्नेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook