रवि शास्त्री पुनः भारतीय टिमको प्रशिक्षक

MeroCricket
प्रकाशित मिति : August 17, 2019

काठमाडौं, साउन ३१ । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन भएका छन् ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार शास्त्रीलाई पुनः जिम्मेवारी दिइएको जनाएको छ ।

सन् २०१७ देखि मुख्य प्रशिक्षक रहेका ५७ वर्षीय शास्त्रीले अब सन् २०२१ सम्म भारतीय टिम सम्हाल्नेछन् ।भारतले राष्ट्रिय क्रिकेट टिमका लागि आवेदन खुला गरेलगत्तै दुई हजार बढीले मुख्य प्रशिक्षकका लागि आवेदन दिएपनि अन्तिम दौडमा ६ जना रहेका थिए ।

कपिल देवको चयन कमिटीले दोस्रो नम्बरमा माइक हसन र तेस्रो नम्बरमा टम मुडीलाई राखेको थियो ।शास्त्रीको प्रशिक्षणमा भारतले हालै इंग्ल्यान्डमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook