दोस्रो वनडेमा भारतको सहज जित

MeroCricket
प्रकाशित मिति : August 12, 2019

२७ साउन, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले सहज जित हासिल गरेको छ। पहिलो खेल रद्द भएको थियो । सिरिजको छिनोफानो भने तेस्रो तथा अन्तिम एक दिवसीयबाट हुने छ ।

वर्षातले प्रभावित खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २७९ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले आफ्नो ४२औ एकदिवसीय शतक बनाएका थिए । त्यस्तै श्रेयश अय्यरले ७१ रनको पारी खेलेका थिए । त्यस्तै रिषव पन्तले २०, रोहित शर्माले १८ तथा केदार जादभ र रविन्द्र जडेजाले १६-१६ रन बनाएका थिए । वेस्टइन्डिजका बलर कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए भने जासन होल्डर रोस्टन चेज र कोट्रेलले एक एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको वेस्ट इण्डिज २१० रन बनाउँदा अलआउट भयो र खेल भारतले ५९ रनले जित्‍यो। वेस्टइण्डिजका क्रिस गेल र एविन लुईसले पारिको सुरुआत गरे । भारतीय बलरमाथि हावी हुन खेजेका गेललाई ११ रन र शाई होपलाई ५ रनमा आउट गरेपछि खेलमा भारत हाबी भएको हो ।

११ रन बनाएसँगै क्रिस गेल सर्वाधिक रन बनाउने पहिलो क्यारेवियन खेलाडी पनि बनेका छन् । १२.५ ओभरमा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा वेस्टइण्डिजले नयाँ लक्ष्य ४६ ओभरमा २७० रनको पाएको थियो । वेस्टइण्डिज ४२ ओभरमा २१० रन बनाएर अल आउट भयो ।

यस पारीमा भारतका लागि भूवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए भने मोहम्मद शामी र केदार जाधवले समान २-२ विकेट लिएभने रविन्द्र जडेजा र खलिल अहमदले १-१ विकेट लिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook