एशेज सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

MeroCricket
प्रकाशित मिति : August 6, 2019


काठमाडौं : एशेज सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङ्ल्यान्डलाई २५१ रनले पराजित हराएको छ । खेल जित्न ३९८ रनको लक्ष्य पाएको इङल्यान्ड केबल १४६ रन बनाएर अलआउट भएपछि अस्ट्रेलिया भारी अन्तरले विजयी भयो । इङल्यान्डको दोस्रो इनिङ ध्वस्त बनाउन अस्ट्रेलियाका स्पिनर नाथन लियोनले ६ विकेट लिएका थिए । पाट कमिन्सले ४ विकेट लिएका थिए ।

अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै २८४ रन बनाएको थियो । इङल्यान्डले पहिलो इनिङमा ३७४ रन बनाउदै अस्ट्रेलियामाथि पहिलो इनिङ ९० रनको अग्रता बनाएको थियो । अस्ट्रेलियाले दोस्रो इनिङमा ४८७ रन बनाएर पइङल्यान्डलाई जितका लागि ३९८ रनको लक्ष्य दिएको थियो ।

पहिलो खेलमा तीन खेलाडीले शतक बनाए । अस्ट्रेलियाका स्टिभ स्मिथले दुवै इनिङमा शतक बनाएका थिए । स्मिथले पहिलो इनिङान १४४ र दोस्रोमा १४२ रन बनाएका थिए । अस्ट्रेलियाका म्याथ्यु वाडेले दोस्रो इनिङ ११० रन बनाएका थिए । इङल्यान्डका रोरी बर्नसले पहिलो इनिङमा १३३ रन बनाएका थिए । अस्ट्रेलियाका बलर नाथन लियोनले कुल ९ विकेट लिए । अस्ट्रेलियाकै पाट कमिन्सले ७ विकेट लिए ।

यसैगरी इङल्यान्डका स्टुअर्ट बोर्डले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङान एक विकेट लिएका थिए । अस्ट्रेलियाका स्टिभ स्मिथ प्लेयर अफ दी म्याच घोषित भए । एसेजको दोस्रो खेल अगष्ट १४ देखि हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook