गौरिका सिंहको कीर्तिमान

MeroCricket
प्रकाशित मिति : July 26, 2019

काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएको छन् ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा दुरी पुरा गरेकी थिय । उनले १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो आफ्नै कीर्तिमान सुधारेकी हुन् । उनले उक्त कीर्तिमान सन् २०१७ मा २०औं राष्ट्रिय पौडी प्रतियोगितामा राखेकी थिइन् ।

यस्तै, एलेक्जेन्डरले १ सय मिटर फ्रीस्टाइलमा शिरिष गुरुङको कीर्तिमान तोडे । एलेक्जेन्डरले ५६.२८ सेकेन्डमा दुरी पूरा गर्दै नयाँ रेकर्ड राखेका हु । । यसअघि सन् २०१७ मा भएको एनएसए कपमा शिरिषले ५७.६९ सेकेन्डको कीर्तिमान राखेका थिए

नेपालका अर्का खेलाडी शुभम श्रेष्ठले १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट ११.७४ सेकेन्डको टाइमिङ लिए । उनले २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३८.७९ सेकेन्ड दुरी पुरा गरे । नेपालबाट अब सोफिया शाहले ५० मिटर बटरफ्लाई र ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook