ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङमा मलेसियाबिरुद्ध नेपालको सहज जित

MeroCricket
प्रकाशित मिति : July 24, 2019

काठमाडौं। सिंगापुरमा जारी आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् । त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाए । विनोद भण्डारीले आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका थिए ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३, वसन्त रेग्मीले २ , करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए । पहिलो खेलमा मंगलबार कतारसँग पराजित भएको नेपालले मलेसियामाथि जित निकाली शीर्ष स्थानको दाबेदार बनेको छ । जित सँगै नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook