क्रिश गेलले जित अष्ट्रेलियन मिडियाबिरुद्धको मुद्दा , ३ करोड क्षतिपुर्ति पाउँने

MeroCricket
प्रकाशित मिति : July 18, 2019

काठमाडौं । वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलले दायर गरेको मानहानी मुद्दामा अष्ट्रेलियाका तीन पत्रिकाले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । ती पत्रिकाले क्षतिपूर्ति तिर्न नपर्ने भनी गरेको अपिल अदालते खारेज गरेको छ ।

अब क्रिस गेलले तीन लाख अष्ट्रेलियन डलर क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गेललाई क्षतिपूर्ति स्वरुप सिड्नी मर्निङ हेराल्ड, द एज र क्यान्बर टाइम्सले तीन लाख अष्ट्रेलियन डलर तिर्नु पर्ने फैसला सुनाएको थियो । तर ती पत्रिकाहरुले फेरि क्षतिपूर्ति नतिर्ने भनी पुनरावेदन गरेका थिए । तर उनीहरुको पुनरावेदन खारेज भएको हो ।

सन् २०१५ मा मसाज सेन्टरमा एक महिलाको अगाडि नाङ्गै बसेको भन्दै ती पत्रिकाहरुले समाचार प्रकाशित गरेका थिए । तर गेलले यो समाचार झुटो भएको भन्दै अदालतमा मुद्दा हालेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook