आइसिसीको नयाँ बरियताको बलिङमा बुमराह ब्याटिङमा कोहली नम्बर वन

MeroCricket
प्रकाशित मिति : July 16, 2019

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीले विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् ।

आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा ब्याट्सम्यान तर्फ भारतीय टोलीका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।

यस्तै बलरतर्फ भारतका जसप्रीत बुमराह शीर्ष स्थानमा छन् । यस्तै दोस्रो स्थानमा ट्रेन्ट बोल्ट रहेका छन् ।एक दिवसीय क्रिकेटमा टिम तर्फको बरियतामा विश्व विजेता बनेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ । 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook