विश्वकप क्रिकेटको उपाधि आयोजक इङल्यान्डलाई, सुपर ओभरमा न्युजिल्यान्ड पराजित

MeroCricket
प्रकाशित मिति : July 15, 2019

काठमाडौँ : इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ । सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए।

सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डको हातबाट फुत्केको हो।निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो।२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो।

सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्ड भने यो पटक पनि अभागी सावित भयो।इङ्ल्यान्डलाई जिताउने क्रममा बेन स्टोक्सले सानदार पारी खेले। उनले ९८ बलमा ८४ रन बनाए। जोस बट्लरले ६० बलमा ५९ रनको अर्धसतकीय पारी खेले। उनले आफ्नो पारीमा ६ चौका पनि प्रहार गरेका थिए। त्यसैगरी इङ्ल्यान्डलाई च्याम्पियन बनाउन जेएम बोरिसोभले ५५ बलमा ३६ रनको योगदान दिए। यसअघि लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ५० ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनाएको थियो।

न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए। कप्तान केन विलियम्सनले ३० रन जोडे। इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३-३ विकेट खसाले। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए। तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो। न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook