एसीसी इस्टर्न रिजन प्रतियोगिताको तयारीमा नेपाली टोली

MeroCricket
प्रकाशित मिति : June 14, 2019

काठमाडौं । नेपाली युथ–१९क्रिकेट टोलीले एसीसी इस्टर्न रिजन प्रतियोगिताका लागि आजदेखि तयारी थालेको छ ।

युथ–१९ एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगिताका लागि नेपालले सिमित खेलाडीको उपस्थितिमा विशेष तयारी थालेको हो । प्रशिक्षण शिविरमा पुरानै टिमका १८ जनासहित उमेर समूहका अन्य एक दर्जनजति खेलाडी समावेश गरिएको छ ।

मलेसियामा हुने एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा चीन, म्यानमार र सिंगापुर छन् । समूह ‘बी’ मा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले आगामी असार १७ गते म्यानमारविरुद्ध पहिलो खेल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा एसियाबाट टेस्ट खेल्ने पाँच राष्ट्र र तीन एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook