आर्मीलाई ४ विकेटले हराउँदै पुलिसले जित्यो प्रधाानमन्त्री कप क्रिकेटको उपाधि

MeroCricket
प्रकाशित मिति : June 8, 2019

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पुलिसले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मीक्लबलाई ४ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो ।

उपाधि सहित पुलिसले नगद रु २० लाख हात पारेको छ । उपविजेता आर्मीले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । आर्मीले दिएको १ सय २६ रनको लक्ष्य पुलिसले ओभर बलमा ६ विकेट गुमाउँदै रन पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३३ ओभर ३ बलमा अलआउट हुदै १ सय २५ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ पुलिसका लागि ललित नारायण राजवंसी र पवन सरार्फले सर्वाधिक चार–चार विकेट लिए । त्यस्तै सागर ढकालले एक विकेट लिएका थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।

समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए भने समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook