आठौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ एपीएफलाई स्वर्ण

MeroCricket
प्रकाशित मिति : April 23, 2019

काठमाडौं । विभागीय क्लब एपीएफले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तगर्त महिला क्रिकेटमा स्वर्ण जितेको छ । मंगलबार भएको फाइनलमा प्रदेश नम्बर १ माथि ८७ रनको जित निकाल्दै एपीएफले स्वर्ण जितेको हो ।

१ सय २९ रनको लक्ष्य पछ्याएको एक नम्बर प्रदेश १९ दशमलब ४ ओभरमा मात्र ४१ रनमा अलआउट भएपछि एपीएफले सहज जित निकालेको हो ।

एपीएफको जितमा ज्योति पाण्डेले ४५ रन बनाइन् । सिता राना मगरले ४१ रन बनाउँदा इन्दु बर्माले १२ र ममता चौधरीले ११ रनको योगदान दिएकी थिइन् । प्रदेश नम्बर एककी रुबिना क्षेत्री, सबनम राई, सगिता राइले ३-३ विकेट लिएका थिए ।

१ सय २९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको प्रदेश एकका लागि रश्मी शर्माले २७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् । प्रदेश एकका खेलाडीलाई सस्तैमा समेट्न एपीएफकी सीता रानामगर, सरिता मगर, रितु कनौजियाले २-२ विकेट लिए ।

सोनु खड्का, रेखा रावल, करुणा भण्डारीको नाममा १-१ विकेट रह्यो । स्वर्ण पदक विजेता एपीएफकी सीता रानामगर प्लेयर अफ द फाइनल घोषित भइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook