आईपीएलको इमर्जिङ प्लेयरको भोटिङमा सन्दिप सबैभन्दा अगाडि

MeroCricket
प्रकाशित मिति : April 16, 2019

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।  आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । यस्तो छ ताजा भोटिङ नतिजा 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook