महिला विश्वकप क्वालिफायरमा नेपालको दोस्रो जित , युएई ७ विकेटले पराजित

MeroCricket
प्रकाशित मिति : February 22, 2019

काठमाडौं । नेरी थापाको उत्कृष्ट प्रदर्शन प्रेरित नेपालले आईसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा युएईलाई ७ विकेटले पराजित गरेको छ । युएईले दिएको ४२ रनको लक्ष्य पछाएको नेपालले १०.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित १८ तथा काजल श्रेष्ठले १५ रन बनाइन् । त्यस्तै सिता राना मागरले ६ रन बनाएर आउट भएकी थिइन् । युएईकी इसा रोहितले २ विकेट लिइन् ।

यसअघि थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर ३ बलमा अलआउट हुँदै युएई ४१ रन बनाएको थियो। खराब सुरुवात गरेको युएईले १९ रनमै ६ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि चमानी सेनेभिरत्न र नेशा शर्माले १६ रनको साझेदारी गर्दै युएईको स्कोर केही उकासेका थिए।

युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्। यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४/४ रन जोडिन्।

नेपालका लागि नेरी थापाले ४ विकेट लिइन् । ३ ओभर ३ बल बलिङ गरेकी नेरीले एक ओभर मेडन राख्दै मात्रै ६ रन खर्चेकी थिइन् । नेपालका लागि सिता रानामगर, साेनु खड्का र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई-दुई विकेट लिए ।

थाइल्याण्डमा भइरहेको ७ राष्ट्र सम्लितित एसिया रिजनल क्वालिफायरमा नेपालको यो दोस्रो जित हो। पहिलो खेलमा मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली थाइल्याण्ड हार बेहोरेको थियो। यसअघि लगातार तीन खेल जितेको युएईको भने यो पहिलो हार हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook