यी हुन् क्रिकेटर मेहन्द्रसिंह धोनीको बारे ८ रोचक तथ्य

MeroCricket
प्रकाशित मिति : July 12, 2018

एजेन्सी : धोनीको जन्म ७ जुलाइ १९८१ मा तत्कालीन बिहारमा भएको थियो । धोनी अहिले इंग्ल्याण्मा छन् । धेरैलाई धोनीका रोचक तथ्यबारे जानकारी नहोला । उनले क्रिकेटमा दिएको योगदान केछ ? साथै, उनका अन्य रेकर्डबारे जानकारी दिनेछौंः

१. धोनी बाल्यकालमा फुटबल खेल्ने खूब रहर थियो । साथै, उनी सानै उमेरमा पनि राम्रो किपर थिए । धोनीका क्रिकेटका सबैभन्दा पहिलो गुरु केशव बनर्जी हुन् ।

२. धोनीको क्रिकेट करियरको शुरुवात १९९९ मा बिहारमा भएको रणजी ट्रफीबाट भएको हो । उनले आफ्नो पहिलो खेलमा ६८ रन बनाएका थिए । सो सिजनको पाँच खेलमा उनले २८३ रन बनाएका थिए ।

३. धोनी मोटरसाइकल चलाउन खूब रमाइलो मान्छन् । उनीसँग गैराजमा यमाहा आरडी ३५०, हर्ली डेविडसन, फैटबय, दुकती १०९८, कावासाकी निज एच२ र सुपर एक्सक्लुसिव कन्फेडेन्ट हेलकेट एक्स१३२ बाइक छन् । भारतीय सञ्चार माध्यमका अनुसार दक्षिण पूर्व एशियामा यस्ता बाइक केवल धोनीसँग मात्र छन् ।

४. विश्व क्रिकेटमा तीन ठूला इभेन्ट जित्ने धोनी एकमात्र कप्तान हुन् । उनले २००७ मा विश्वकप टी-२०, २००१ मा वल्र्ड कप र २०१३ मा च्याम्पियन्स ट्रफि जितेका छन् । उनले २०१४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका हुन् । २०१७ को सुरुवातमा उनले एक दिवशीय र टी२० क्रिकेट टिमबाट राजीनामा दिएका हुन् ।

५. धोनी भारतका सबैभन्दा उत्कृष्ट कप्तान मानिन्छन् । उनले २७ टेस्ट म्याच जिताएका छन्, भने अर्का पूर्व कप्तान गांगुलीले २१ टेस्ट म्याच आफ्नो देशलाई जिताएका छन् । यस्तै, धोनीले एक दिवसीय ११० म्याच र टी-२० मा ४१ खेल जिताएका छन् ।

६. धोनीको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा कूल ३४२ छक्का प्रहार गरेको रेकर्ड छ । उनी यो लिस्टमा पाँचौं स्थानमा छन् । पाकिस्तानका क्रिकेटर शाहिद अफ्ररिदीको नाममा सबैभन्दा बढि ४७६ छक्का प्रहार गरेको रेकर्ड छ ।

७. श्रीलंकाविरुद्ध २००५ मा धोनीले १८५ रनको पारी खेलेका थिए । यो पारी एकदीवशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा विकेटकीपरले बनाएको सबैभन्दा ठूलो स्कोर मानिन्छ ।

८. धोनी इण्डियन प्रिमियर लिग (आइपीएल) मा सबैभन्दा बढि विजयी हुने टिमका कप्तान हुन् । उनको कप्तानीमा चेन्नइ सुपरकिंग्सले २०१०, २०११ र २०१८ को आइपिएल उपाधी जितेको छ । आइपिएलमा यति धेरै उपाधी दिलाउने धोनी एकमात्र खेलाडी हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook