खुसिको खबर !! सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्न सक्ने

MeroCricket
प्रकाशित मिति : February 24, 2018

काठमाडौं, फागुन १२ : इन्डियन प्रिमियर लिगका लागि छानिएका नेपाली युवा बलर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटको पहिलो ड्राफ्टमा परेका छन्।

वेष्ट ईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि ट्वान्टिको आधिकारिक बेबसाइटले सार्वजनिक गरेको प्रेश विज्ञप्तिअनुसार नेपालका सन्दिप लामिछाने पहिलो ड्राफ्टमा परेका हुन्।

पहिलो ड्राफ्टमा २ सय २७ जना विदेशी खेलाडी रहेकोमा नेपालबाहेक पाकिस्तान, श्रीलंका, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, अष्ट्रलिया, जिम्बाब्बे, ओमान, हङकङ, स्कटल्यान्ड, युएई अफगानिस्तान, आयरल्यान्ड, क्यानडा, अमेरिका, तथा केन्याका खेलाडी छन्। सिपिएलको फाइनल ड्राफ्ट मार्च एक तारिखमा लण्डनमा सार्वजनिक गरिनेछ।

ईण्डियन प्रिमियर लिग टिम दिल्ली डेयरडेबिल्सले सन्दिपलाई २० लाख भारूमा अनुबन्ध गरेको छ।आइपिएलमा छनोट भएपछि यतिबेला उनीमाथि विदेशी प्रतियोगिता आयोजकको पनि आँखा परेको छ। जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने तयारीमा रहेका सन्दिप उतैबाट आइपिएलका लागि भारत जानेछन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook