क्रिकेटमा यस्तो पनि: ११ बलमा एक रन दिएर सात विकेट, यसरी उल्टियो खेल

MeroCricket
प्रकाशित मिति : June 27, 2018

काठमाडौँ: पछिल्लो समयमा रनको पहाड बनाएर इङ्ल्यान्डले विश्वक्रिकेटमा तहल्का मच्चाइरहेका बेला त्यहीँ एउटा रोचक घटना भएको छ।

इङ्ल्यान्डमा एउटा क्रिकेट म्याचका क्रममा एक रन भित्र सात विकेट गुमेको समाचार सार्वजनिक भएको छ। पिटरबरो (नोर्थम्प्टनसायर) को क्लब खेलमा पिटरबरो क्लबले हाई वायकोन्भ क्रिकेट क्लबलाई जितको स्थितिबाट हारका लागि बाध्य बनाएको हो ।

ईएसपीएनक्रिकइन्फोको रिपोर्ट अनुसार १८९ को लक्ष्य पछ्याउने क्रममा उतरी हाई वायकोन्भको टीम जितबाट केबल तीन रन नजिक थियो । जितका लागि अब उसँग ७ विकेट पनि सुरक्षित थियो । तर यही स्थितिमा खेलमा नाटकीय रोमाञ्चक दृश्य सुरु भयो । तीब्र गतिका बलर केरन जोन्सले चार बलमा चार विकेट लिएर यस ओभरमा केबल एक रन मात्रै दिए ।

अन्तिम ओभर खेल्ने जिम्मेवारी १६ वर्षका अफ स्पिनर डेनियल मलिकलाई दिइयो । ५७ रन बनाएको अवस्थामा क्रिजमा रहेका नाथन हक्सले पहिलो बलमा एक रन लिए । तर त्यसपछि मलिकले बाँकी तीन विकेट पनि लिएर पिटरबरो क्लबलाई बिर्सनै नसकिने जित दिलाए । यसका साथै पिटरबरोले ईसीबी नेशनल क्लब च्याम्पियन्सिपको उपाधि पनि उचाल्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook