पाकिस्तान बिरुद्ध भारतको एैतिहासिक हार, बर्ष २०१७ मा क्रिकेट जगतमा के के भयो ? जानीराखौं

MeroCricket
प्रकाशित मिति : February 23, 2018

काठमाडौं । भारतले क्रिकेटका सबै विधामा राम्रो प्रदर्शन गर्‍यो । भारतीय क्रिकेट टोलीले टेस्ट, एकदिवसीय तथा टी–२० फम्र्याटमा आफूलाई अन्य राष्ट्रको तुलनामा अब्बल साबित गर्‍यो । अस्ट्रेलियाले भारतबाहेक अन्य टोलीको तुलनामा वर्षलाई सुखद बनायो ।

गत वर्षको एक मात्र ठूलो प्रतियोगिता च्याम्पियन्स ट्रफी जित्दै पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गर्‍यो । पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतमाथि सनसनीपूर्ण जित निकालेको थियो ।

टेस्टमा भारतीय कप्तान विराट कोहलीले दोहोरो शतकको रेकर्ड नै बनाए । भारतले गत वर्ष घरेलु मैदानमा खेलेको चारै सिरिज र ६ एकदिवसीय सिरिज हात पार्‍यो । भारत ६ टी–२० मध्ये चारवटा आफ्नो नाममा पार्न सफल भयो । कप्तान विराटले गत क्यालेन्डर एयरमा २ हजार ८ सय १८ रन बनाए ।

भारतकै रोहित शर्माले करिअरमा तेस्रोपटक एकदिवसीय दोहोरो शतक र पहिलोपटक टी–२० मा छिटो शतक प्रहार गर्ने ब्याट्सम्यानमा नाम लेखाए । अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पाँच टेस्टमा ३–० को जित निकाल्यो ।

स्मिथले लगातार चौथो वर्ष १ हजार रन पूरा गरे । आलोचकहरूको मुख बन्द गर्नेक्रममा इंग्लिस ब्याट्सम्यान एलेस्टर कुकले पाँचौँपटक दोहोरो शतकीय इनिङ एसेजको चौथो टेस्टमा खेले । उनले व्यक्तिगत सर्वाधिक २ सय ४४ रन पनि एसेजमै बनाए ।

गत वर्ष पाकिस्तानले आफूलाई पुनस्र्थापित गर्ने प्रयास गर्‍यो । पाकिस्तानका मिसवाह उल हक र युनिस खानको सन्न्यासले टिमलाई केही चिन्तित बनायो । पाकिस्तानले अस्टे«लियामा गएर डे–नाइट टेस्ट र एकदिवसीय खेल खेल्यो । गत वर्ष नै अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता पाए । टी–२० मा अफगानिस्तानले लगातार ११ खेल जित्दै विश्वकीर्तिमान रच्यो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट
धेरै हेरिएको
Our Facebook